बीरगंज,जेठ ५


बाराको विभिन्न पालिकामा लकडान भएको तीन साता वितेको छ , यो बीचमा सबै भन्दा बढी जोखिमको काम गर्ने र भेला जम्मा गर्ने काममा लघुवित्त संस्थाहरुले आफ्नो कार्यशैलीमा कुनै सुधर नगरेको पाइएको छ । गरिब, विपन्न परिवारलाई धम्काएर पनि लघुवित्त संस्थाहरुका कर्मचारी गाउँघरमा गई रकम उठाउने गरेका छन् । गाउँघरमा भेलाजम्मा हुने गरी काम नगर्न भनिएकोमा उनीहरु भने जान छोडेको देखिदैन । बारामा कोरोनाको संक्रमण भयावह भइरको बेला लघुवित संस्थाहरुले यसको पूर्ण उल्घंन गरिरहेको पाइएको छ । आजै मात्र बिहान कलैया उप महानगर पालिकामा रहेको स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाका एक जना कर्मचारी गाउँमा घरघरमै गएर रकम संकलन गरिहेको थियो ।स्थानीय प्रशासनले लकडाउन गरे पनि यसको खासै प्रभाव बाराको ग्रामीण भेगमा देखिएको छैन । स्थानीयमा त्रास भए पनि केही स्थानीयहरुका कारण सिंगो गाउँनै कोरोनाको जोखिममा रहेको स्थानीयहरुले बताउनुभयो ।स्थानीयका अनुसार आफुहरु घर भिर रहेपनि लघुवित्त संस्थाका कर्मचारीहरु किस्ता संकलन गर्न घरमै आउने गरेका छन् । सरकारले घरमै किस्ता संकल गर्न आउदाँ कर्मचारीबाटै पनि सर्न सक्ने भएकाले कोरोनाको जोखिमलाई मध्यनजर गरी अनावश्यक नगर्न निर्देशन जारी गरेको छ । एकातिर आम्दानी गर्ने श्रोत नभएको, दुध, साग , तरकारी विक्रि गर्न नपाएको बेला किस्ताको तनाव र अर्कोतिर कोरोना सर्ने वा बढने चिन्ताले सताएको स्थनीयले बताउनुभयो । ड्रिपोस लघुवित्त, छिमेक विकास , फरवाड, ग्रामिण विकास लगायतका नाममा लघुवित्तहरु रकम असुली किस्ताको नाममा उठाउने गरेकोले कोरोना जोखिम बढेको स्थानीयको भनाई छ ।बाराको ग्रामीण बाजारहरु र गाउँघरका पसलहरुमा अहिले पनि भिडाभाड उस्तै रहेको देखिन्छ । बाराको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेका अनुसार अहिको अवस्थामा लघुवित्त संस्थाहरुले घरघरमै गएर आफनो कार्यक्रम संचालन गर्न नपाउने प्रतिकृया दिनुभयो । वहाँले यसो भने पनि यसको नियम विपरित केही लघुवित्त वित्तिय संस्थाहरुले बाराको गाउँघर मै गएर किस्ता संकलन गरिहेको देखिएको छ । बाराको प्रशासनले समेत संगोलमा निर्णय गर्दा यस्तो भएको जनकारहरुको भनाई रहको छ । बाराको प्रशासनले बैकं तथा वित्तिय संस्थाहरुको हकमा कार्यलाय खुला रहने निर्णाय गरे पनि लघुवित्त संस्थाको काम नै फिल्डमा गएर किस्ता बचत संकलन गर्ने रहेकोले यस्तो कार्य नरोक्एिको बताईन्छ ।