कलैया,जेठ ५
बाराको करैयामाई गाउँपालिका वडा नं.२ मा रहेको करैयामा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाराको आयोजना र प्रदेश नं.२ को आर्थिक सहयोगमा तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाराको अध्यक्ष रहमतुल्लाह मन्सुरको अध्यक्षतामा भएको सो सिलाई कटाई तालिम समापन समारोहमा वडा नं.२ को वडा सदस्य तेजमन्ति चौधरीको आतिथ्यतामा तालिममा स्थानिय २० जना महिलाहरूले तालिम लिएका थिए । सो तालिममा प्रशिक्षण नेपाल कपडा सिलाई व्यवसायी संघ बाराको निवर्तमान जहिर अंसारी र किरण यादवले तालिममा आएका महिलाहरूलाई प्रशिक्षण दिनु भएको थियो । साथै ३ जना महिलाहरु प्रथम रीमा चौधरी दोस्रो दिपमाला मुखिया र तेस्रो निर्मला मुखियालाई उत्कृष्ट हुनु भएकोमा प्रमाणपत्र सहित सम्मानित गरिएको थियो I सो समापन कार्यक्रममा प्रदेश नं.२ को अर्थ राज्यमन्त्रि उषा कुमारी यादवको स्वकीय सचिव सिकिन्द्र प्रसाद यादव,स्थानिय समाजसेवी प्रभु प्रसाद यादव लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।