वीरगञ्ज, जेठ ५


वीरगन्ज व्यवस्थित अभियानवाला अभियन्ता अहिले प्रभु अस्पतालको लुट ढाकछाेप गर्ने जागिरे भएछन् ।आफूलाई समाजिक अभियन्ता बताउने व्यक्ति नै अस्पतालको लुट ढाक छोपमा लागेका छन्। कोरोना भाइरस सङ्क्रमितको उपचारमा बढी खर्च लिएको विषम चौतर्फी आलोचना पछी प्रभु हस्पिटल बीरगंजमा कोभिड एक्सन टिम (क्याट) पर्साले अनुगमन गरेको छ । मंगलवार एकजना बिरामीको बिल सामाजिक सञ्जालमा भाइरल भएपछि क्याटले प्रभु हस्पिटलमा अनुगमन गरेको हो ।बुधवारदेखि वीरगञ्जका अक्सिजन उद्योगहरुको अनुगमन गर्ने पूर्वयोजना भएपनि प्रभुको अपरम्पार लिलाले क्याटलाई अनुगमन गर्न बाध्य बनाएको हो । अनुगमनको क्रममा अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले भेट्न नमानेको र व्यवस्थापकका दिलिपराज कार्कीलाई भेट्न पठाएको कोभिड एक्सन टिम पर्साका सदस्य तथा पत्रकार महासंघ पर्साका कोषाअध्यक्ष संजीव मिश्राले बताए ।अनुगमनमा गएको कोभिड एक्सन टिम पर्साको टोलीले मागेको कागजपत्र र अन्य बिलहरु देखाउन अस्पताल प्रशासनले अस्वीकार गरेको मिश्राले बताए । क्याटको टोलीलाई अस्पतालका व्यवस्थापक कार्कीले दिएको स्पष्टिकरण सन्तोषजनक नभएको कोभिड एक्सन टिम पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले बताए । कार्कीले उल्टै म आफै सामाजिक अभियानता हो भन्दै आलटाल गर्न खोजेको क्याटको कथन छ ।अस्पतालले सबै कागजात नदेखाउँदा शंकास्पद देखिएको भन्दै अन्य अस्पतालहरुको अनुगमनपश्चता निस्किने निस्कर्षका आधारमा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सिफारिस गर्ने क्याटका संयोजक अन्सारीले बताए । क्याटको पूर्वयोजना अनुसार बिहिवारदेखि अक्सिजन प्लान्टहको अनुगमन गरिने क्याटका सदस्य तथा नेपाल पत्रकार महासंघ पर्सा शाखा सदस्य अमित अग्रवालले जानकारी दिए ।अनुगमन टोलीमा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब एवम् क्याटका सदस्य तबरेज अहमद,नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल,माओवादी केन्द्रका बाबुराम कौशिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत अर्जुन पौडेल लगायतको उपस्थिती रहेको थियो ।