पर्सा जिल्लाको बीरगञ्जबाट संचालित टिभि बीरगंज, रेडियो बीरगंज र पोखरीया एफएमका अध्यक्ष ध्रुव साहले नेपाल पत्रकार महासंघ शाखालाई आज एक कार्यक्रम बीच स्वास्थ्य सामग्री सहयोग गरेका हुन।नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा गई अध्यक्ष साहले ६०० पिस माक्स र १०० पिस सेनेटाईजर नेपाल पत्रकार महासंघ पर्साका शाखालाई हस्तानतरण गरेका हुन।शाखाका अध्यक्ष अनुप तिवारीलाई कोरोना भाइरस सङ्क्रमणबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस भन्ने उद्देश्यले माक्स र सेनेटाइजर उपलब्ध गराइएको अध्यक्ष साहले बताए।साथै पर्सेली पत्रकारहरुको हकहितका लागि दिनरात खटिने साथै कुनै पनि सञ्चारकर्मीलाई जती बेला कुनै समस्या परेमा तुरुन्तै पुगी तन्मन धनले सहयाेग गर्ने प्रतिबद्धता गरेको बताए।