लेखक : ईब्राहिम देवान
अध्यक्ष
सामाजिक संस्थाजिल्ला समन्वय समिति पर्सा
शिक्षा विकासको मेरुदण्ड हो । शिक्षा विना ब्यतिm, समाज तथा देशको विकास सम्भव छैन् । शिक्षाले देशमा दक्ष जनशक्ति, कुशल शिक्षक, डाक्टर, इन्जिनियर र इमान्दार नेता उत्पादन गर्दछ । त्यसैले हरेक देशले शिक्षा क्षेत्रमा बढी लगानी गरेको देखिन्छ । तर नेपालमा संघिय , प्रदेश र स्थानीयतहको स्थापना भइसके पछि तीनै तहका सरकारले विकास कार्यमा तिब्रता बढाएको छ । विकासको कार्यमागति बढे पनि शिक्षामा लगानी न्युन भएको कुरा योजनाबाट प्रष्ट हुन्छ । स्थानीय तह लगायत प्रदेश र संघियले भौतिक पुर्वाधार कार्यमा बढी जोड गरिएको देखिन्छन् । विकास निर्माण भनेको सडक ढलान, नाला निर्माण , धर्मशाला, मन्दिर निमार्ण, मस्जिद निर्माण, कब्रिस्तानको कम्पाउन्ड, पोखरी सौन्दर्यकरण जस्ता योजनामा बढी लगानी गरिएको छ । देशमा विकासको सुचक पुरा गर्नका लागि नेपाल सरकारले दिगो विकासका १७ वटा लक्ष्यनिर्धारण गरेको छ । जसबाट देशमा विकासको गतिलाई चाडो भन्दा चाडो अगाडी बढाउन मदत गर्छ । त्यसै अनुरुप देशको योजना निर्माण कार्यन्वय नगर्नमा सहयोग गरेको छ ।
विश्व भरि कोरोनाभाइरस ( कोभिड १९ ) महामारीको रुपमा फैलिएको छ । यस महामारीबाट विश्वको अधिकांश देश प्रभावित भएको छ जस मध्ये नेपाल पनि बढी प्रभावित भएको छ । यसबाट लाखौ मानिसहरु प्रभावित भईहजारौ हजार मानिसको मृत्यु समेत भई सकेको अवस्था छ । कोरोना भाईरसको कारण देशमा लामो लकडाउन बाट विकास निर्माण लगायत शिक्षा क्षेत्र पनिबढी प्रभावितभएको छ । यस्ता अवस्थामा संघिय, प्रदेश र स्थानीयतहले शिक्षामा सब भन्दा बढी लगानी गरी शिक्षाको स्तर नै अगाडि बढाउनु पर्ने देखिन्छ । अहिलेको कोरोनाको अवस्थामा सबै विद्यालय र क्याम्पसहरु बन्दभई लाखौ लाख बालबालिकाहरु शिक्षाबाट बंञ्चितभई रहेका छन् । साथै बालबालिकाहरुको भविष्य नै अन्धकारमारहेको छ ।
जब कि नेपालको संविधान २०७२ को धारा ३१ को १ माशिक्षा सम्बन्धि हकमा पनि प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पँहुचको हकको ब्यवस्था गरेको छ भने स्थानीय सरकार संचालनऐन २०७४ को परिच्छेद ३ को दफा २को उपदाफा १ “ ज ” अनुसार गाउँपालिकार नगरपालिकाको काम, कर्तब्य र अधिकारमाशिक्षाको सम्पुर्ण जिम्मेवारी पालिकाहरुको नै रहेको कुरा उल्लेख गरेको छ । यस्तो माहामारीको बेलामागाउँपालिका र नगरपालिका,र महानगरपालिकाहरुले आफनो बजेटको रकमबाट थपलगानी गरीशिक्षा क्षेत्र लकडाउनले बन्दभएको अवस्थामा विभिन्न प्रविधिको माध्यमबाट संचालनगरि शिक्षालाई निरन्तरतादिनु पर्ने आवश्यकतादेखिएको छ । यस अवस्थामा विद्यार्थी र शिक्षकहरुको प्रविधिमापहुँचहुनुपर्दछ भने कोरोना१९ माहामारीको अवस्थाको लागि वैकल्पिकशिक्षा प्रणालीको विकास गर्न सकिन्छ भने प्रत्येक विद्यार्थी र शिक्षकहरुसँग स्मार्ट फोन वा ट्याब्लेटमा पहुच गराउनुगर्ने ताकितिनीहरुले अनलाइन शिक्षाप्राप्तगर्न वाप्रदानगर्न सहजहोस । साथै बिद्यार्थीहरुको लागिबिभिन्नअनलाईन पढ्ने अनुप्रयोगहरु ९बउउक०को विकास गर्ने , रेडियो, टेलिभिजनमार्फत शैक्षिककार्यक्रमहरु प्रसारण गर्ने । अनलाइनशिक्षामा गुणस्तर सुनिश्चितगर्न राष्ट्रिय पाठ्यक्रममाआधारित मानक ई–लर्निंग प्याकेजहरूको विकास गरी कार्यान्वयनगर्ने ।पर्याप्तआईटी पूर्वाधार उपलब्ध छ भन्ने कुरा सुनिश्चितगर्न सार्वजनिकविद्यालयहरूको आईटी प्रणाली र क्षमता (आईटी प्रणालीहरू सञ्चालनगर्ने सीपहरू) वृद्धि गर्ने र अभिभावकहरुकालागिअभिमुखीकरण प्याकेजहरू“को कार्यान्वयन गरी विद्यार्थीहरूले घरमापर्याप्त र गुणस्तरीय निर्देशन ÷ पर्यवेक्षण पाईरहेका छन् भन्ने सुनिश्चितगर्न सकिन्छ ।विद्यालयको स्वास्थ्यर सुरक्षाकाप्रावधानहरूमाथपलगानीगर्ने । जस्तै, थपऔषधी, मास्क, सेनिटाईजरहरू, दैनिकविद्यालयको किटाणुशोधन९म्ष्कष्लाभअतष्यल० (यदिविद्यालयहरू खुला छन् भने) गर्ने ।अनलाइनशिक्षाविधिका साथअनुकूल वैज्ञानिकमूल्यांकन र प्रमाणिकरण विधिअपनाउन सकिन्छ ।सामाजिक दूरी सुनिश्चितगर्न र विद्यार्थी ÷ कक्षाकोठा अनुपातकम गर्न अधिकविस्तृत कक्षाकोठा र भौतिकलगानी गराउने ।अनलाइन शिक्षण ÷ सिकाउने विधिहरूमा शिक्षकहरूलाई प्रशिक्षणको व्यवस्थागर्ने कोभिड १९र अन्य सरुवा रोगहरूका बारेमा शिक्षकहरूका लागि विशेष तालिमको आयोजना गराउने र सिकाई तथा शिक्षणको लागि सुरक्षित स्थानको छनौट र सुनिश्चितता गर्ने साथै सरकार र दूरसंचार कम्पनीले विद्यार्थी र शिक्षकहरूको लागि अनलाइन शिक्षण र पढाइलाई उत्प्रेरित गर्न विशेष नेट प्याकेज सुरु गराउन पहलगर्ने । यस कोरोना माहामारीको अवस्थामा शिक्षामा थप लगानी गर्दा सबैको लागि राहत र लगानी सदुपयोग हुन्छ भने चारैतिर प्रचार प्रसार र चेतनामूलक कार्यक्रम गर्न गराउन शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल एनसि नेपाल जिल्ला समन्वय समितिपर्साले गर्दछ ।यो समितिले पर्सा जिल्लाका विभिन्न पालिकाहरुमा शिक्षा सम्बन्धी अभियान संचालन गरेकोमाहाल बस्ती स्तरमा सामाजिक सचेतनातथा योजनात र्जुमामा स्थानीय समुदायवाट पनि योजनानिर्माण गर्दा सामुहिक आवाज उठोस र शिक्षाका सवालहरु नया योजनामा समाहितहोस र स्थानीय सरकारवाट पनिशिक्षाका बैकल्पिकमार्गहरु अवलम्वनगरि बालबालिकाहरुलाई आवश्यक शिक्षा प्रदान गरियोस र लकडाउनको अवस्थामा पनि बालबालिकाहरुले शिक्षापाउन सकोस भन्ने अपेक्षा साथ कार्यहरुको थालनी होस भन्ने सबैमा जानकारीको लागि अनुरोध छ ।