वीरगन्ज, जेठ ५
नेपाल सरकारले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुमा कोरोना भाइरस संक्रमितहरुको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्नका लागि सम्झौता गरेको सह–प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।मन्त्रालयसँग निःशुल्क कोरोनाको उपचार गर्न सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई दिने छ ।