बीरगंज,जेठ ६
पर्सा जिल्लामा निषेधाज्ञा पुनः एकसाता लम्बिएको छ । आज बसेको कोभिड सड्ढट व्यवस्थापन केन्द्र पर्साको बैठकले निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय गरेको हो । कोभिड सड्ढट व्यवस्थापन केन्द्र पर्साका अध्यक्ष प्रजिअ पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णयका साथै विभिन्न निर्णय गरेको छ । केन्द्रको बैठकले पर्सा जिल्लामा एन्टीजेन किट अभाव सम्बन्धमा प्रदेश सरकारसंग माग गर्ने, वीरगंजका अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि व्यवस्था मिलाउने र निजी अस्पतालहरुमा उपचार गराउदै आएका सङ्क्रमितहरुको हकमा अस्पतालले प्रदान गर्ने सेवा र लिने शुल्कको बारेमा अनुगमन टोलिबाट अनुगमन गर्ने निर्णय गरेको छ ।