वीरगंज,जेठ ५
पर्सा जिल्लाकाे जिराभवानि गाउँपालिकाले पनि १० बेडकाे आइशाेलेसन वार्ड आज देखि संचालनमा ल्याएकाे छ । जीरा भवानी गाउँपालिकाकाे वडा नम्बर ३ स्थित बिताे महताे माध्यमिक विद्यालयमा आइशाेलेसन वार्ड संचालनमा ल्याइएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । गाउँपालिका अन्तर्गतकाे काराेना संक्रमितकाे उपचारकाे लागि आईसाेलेसन वार्ड संचालनमा ल्याइएकाे उनले जानकारी दिए ।साधारण किसिमकाे काेराेना संक्रमितलाई गाउँपालिकाकाे आइशाेलेसनमा राखेर उपचार गरिने छ भने गम्भिर किसिमकाे काेराेना संक्रमितलाई वीरगंजको अस्पतालमा पठाइने छ । आइशाेलेसन वार्डमा बस्ने संक्रमितकाे खाना, औषधी लगायतकाे सम्पूर्ण थाेक निशुल्क गाउँपालिकाले उपलब्ध गराउने व्यवस्था गरेको छ।यसका साथै काेराेना संक्रमितकाे लागि दुई वटा एम्बुलेन्स सेवा समेत तयारी अवस्थामा राखिएकाे अधिकृत मेहताले वताए । उनका अनुसार काेराेना संक्रमितकाे लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।