बीरगंज,जेठ ५


पर्साको विरगञ्ज महानगरपालिका कोरोना भाइरस संक्रमणको हट स्पट बन्दै जाँदा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले तयार पारेको १७२ वेडको कोभिड हस्पिटलले कोरोना भाइरस संक्रमितहरुका लागि स्वास्थ्य सेवामा राहत पुगेको छ। प्रदेश २ कै सुविधा सम्पन्न शिक्षण अस्पतालका रुपमा स्थापित नेशनल मेडिकल कलेजले कोभिड–१९ विरामीको उपचारका लागि छुट्टै अस्पताल सञ्चालनमा ल्याएको थियो ।कोरोना संक्रमणको दोश्रो भेरियन्टसँगै नेशनल मेडिकलले बैशाख पहिलो हप्ताबाट बाबा होटललाई कोभिड अस्पतालमा विस्तार गरेर उपचार सेवा सुरु गरेको थियो । १७२ वेडसहित सञ्चालनमा आएको कोभिड अस्पतालमा अहिले प्रदेश २ का सबै जिल्लाबाट कोरोना संक्रमित आइरहेका छन् ।कोभिड–१९ को दोश्रो भेरियन्ट आएसँगै यहाँ विरगञ्जका मात्र हैन प्रदेश न २ का ६ वटा जिल्लाबाट संक्रमितहरु आइरहनु भएको छ । हामीले हाम्रो क्षमता र जनशक्ति अनुसार उपचार दिइरहेका छौं ।’ नेशनल केमिकल कलेज कोभिड अस्पतालका एमडी बसुरुद्धिन अन्सारीले बताए ।अहिले नेशनल मेडिकलको अस्थायी कोभिड अस्पतालमा सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा लगायतबाट उपचारार्थ संक्रमितहरु आउने गरेका छन् । त्यसो त विरगञ्जमा अन्य निजी अस्पतालहरुले पनि कोभिडका विरामीको उपचार गरिरहेका छन् तर, ती निजी अस्पतालहरुको चर्को शुल्कका कारण सबै प्रकारका विरामी जान सकिरहेका छैनन् । ‘कोरोना महामारीमा कमाउने सोच राख्नु नै गलत हो । हामीलाई प्रकोपको फाइदा उठाउनु छैन । हामी सरकारले जारी गरेको निर्देशन अनुसार गर्छौं अन्सारीले बताए। नेशनल मेडिकलमा सरकारले घोषणा गरे अनुसार कोरोना संक्रमितको निःशुल्क हुन्छ । साथै क्याविन लिएर बस्न चाहनेलाई पनि व्यवस्थापन गरिएको छ ।नेशनल मेडिकलले सञ्चालन गरेको १७२ वेडको अस्थायी कोभिड अस्पतालमा भेन्टिलेटरसहित २० बेडको आईसीयू छ । १२ बेडको इमर्जेन्सी स्क्रिनिङ वार्ड समेत रहेको छ । उक्त अस्पताललाई आवश्यक परेको खण्डमा ५ सय वेडमा विस्तार गर्न सक्ने क्षमता छ । कोभिडको तेश्रो भेरियन्ट अझै कडारुपमा देखा परेको स्वास्थ्य मन्त्रालयले जनाइसके पछि कोरोेना संक्रमण लामो समय रहन सक्ने अनुमान गरिएको छ । यस्तोमा हाम्रा स्वास्थ्य संस्थाहरुलाई सुविधासम्पन्न बनाउनु आवश्यक छ । तर, राज्यको ध्यान नपुगेको अन्सारीको भनाई छ ।नेशनल मेडिकलकै कोभिड अस्पतालमा अहिलले अक्सिजनको अभाव छ ।१० गुणा अक्सिजनको माग भएपनि उपलब्ध हुन सकेको छैन । नेशनलको सबै वेडहरुमा पाइपलाइनबाट अक्सिजन पुग्ने भएपनि भेन्टिलेटरका लागि उक्त अक्सिजन पर्याप्त हुँदैन । ‘कोभिड १९ का बिरामी खासगरी आइसियू र भेन्टिलेटरमा रहेकाहरुलाई सिलिण्डरबाटै अक्सिजन दिनुपर्ने देखिएको छ । हामीसँग १७२ कोरोनाको वेड रहेकोले त्यहाँ कम्तिमा ६ सय सिलिण्डरको आवश्यक्ता छ ।’ अन्सारीले भने । नेशनलले डिसिसिएमसी र स्थानीय निकायमा अक्सिजन उपलब्ध गराए कोभिड अस्पतालको क्षमता बृद्दि गरेर विरामी लिनसक्ने जानकारी दिएको छ । यद्यप, नेशनलको अस्थायी कोरोना अस्पतालमा अक्सिजनको कमी छ ।अन्सारीले कोभिड संक्रमण रोकथाम र उपचारमा सरकारले उचित व्यवस्थापन गर्न नसकेको बताए । क्षमता भएका निजी स्वास्थ्य संस्थाहरुलाई पनि कोभिड अस्पताल सञ्चालन गर्न दिनुपर्ने उनको माग छ । काठमाडौंमा मात्रै उनको ३१५ वेड क्षमताको काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेको छ । अनामनगर घट्टेकूलोमा रहेको सुविधा सम्पन्न पूर्वाधारलाई अस्थायी कोभिड अस्पतालका रुपमा चलाउन सरकारलाई आग्रह गरेपनि चासो नदिएको अन्सारीको भनाई छ । ‘मैले राज्यलाई मेरो संरचना जनशक्ति प्रयोग गर्नुस भनेर आग्रह गरेको हुँ । स्वास्थ्य मन्त्रालयमा सबै डकुमेन्ट सहित अस्थायी कोभिड अस्पतालका लागि अनुमति माग्दा पनि दिएनन् अन्सारीले दुखेसो पोखे ।पछिल्लो समय हस्पिटलहरुका क्रिटिकल अवस्थामा पुगेका कोरोना संक्रमतिको मात्र संख्या बढेको छ । अन्सारीका अनुसार सामान्य संक्रमण हुनेहरु घरमै बसेका छन् । ‘अहिले अस्पतालहरुमा जतिपनि कोरोनाका विरामीहरु आएका छन् सबै क्रिटिकल अवस्थाका छन् । अक्सिजन, भेन्टिलेटर आवश्यक भएपछि मात्र अस्पतालमा आएकाले पनि अवस्था भयावह भएको हो ।’ अन्सारीले लक्षण देखिने वित्तिकै अस्पताल आएर उपचार थाले मृत्युदर घट्ने थियो ।’ उनले भने । कतिपय संक्रमितहरु घरमै लुकेर बस्नाले समुदाय जोखिममा छ ।उनले मुलुकको स्वास्थ्य प्रणाली कमजोर हुनुमा राज्य संञ्चालनमा रहेकाहरु जिम्मेवार रहेको पनि टिप्पणी गरे । नितीनिर्माणमा रहेकाहरुले गलत अफवाह फैलाउँदा पनि जोखिम बढेको उनको निश्कर्ष छ । ‘कोरोना नियन्त्रणमा छ भनेर राज्यले गलत सूचना प्रवाह गरेको छ । आज दैनिक दुई सय बढीको मृत्यु भइरहेछ । देशभर आइसोलेसन , भेन्टिलेटर र अक्सिजनको कमी छ । तर, सरकार अस्पतालहरुमा वेड खाली भएको झुटो अफवाह फैलाइरहेको छ ।’अन्सारीले प्रधानमन्त्री सम्मलाई गलत सूचनाहरु प्रवाह गरिएको दावी गर्छन् । प्रधानमन्त्रीका सल्लाहकार र तीनका टीमले गलत सूचना प्रवाह गर्दा प्रधानमन्त्रीलाई समस्या भएको उनको भनाई छ । ‘महाराज सब ठिक छ, सब राम्रो छ भने मिथ्या डाटा प्रस्तुत गरेर प्रधानमन्त्रीलाई भ्रम छर्ने काम भइरहेको छ । रियालिटीमा जाने होभने कोरोना संक्रमण भयावह छ । आज सबै ठाउँमा पिसिआर टेस्टको दायरा बढाउने हो भने ७० प्रतिशत घरमा संक्रमण छ ।’उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर राज्यले कोभिड नियन्त्रणका लागि रणनीति बनाउनु पर्ने, समयमै खोप ल्याउनु पर्ने, कोरोना स्वास्थ्योपचारका लागि अत्यावश्यक औषधी उपकरण ल्याउन भन्सार छुटदेखि सहज प्रक्रिया अपनाउनु पर्ने सुझाब दिए ।