वीरगञ्ज, जेठ ५
कोभिड एक्सन टिम (क्याट) पर्साले वीरगञ्ज भन्सारमा अलपत्र परेका ३० जना नेपालीलाई उद्धार गरेको छ ।भारतबाट नेपाल आएका बाराको करैयामाई गाउँपालिकाका बासीन्दाहरु वीरगञ्ज भन्सारमा अलपत्र परेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साको सहयोगमा ३० जनालाई गाउँपालिकामा पठाइएको क्याटका सदस्य तथा पत्रकार महासंघ पर्साका कोषाअध्यक्ष संजिव मिश्राले बताए । गाउँपालिकामै स्वास्थ्य परीक्षण गर्ने, स्वाब संकलन गरी परीक्षण गर्ने र संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन तथा होमआइसोलेसनमा राख्ने व्यवस्था गर्नेगरी पठाइएको क्याटका सदस्य तथा पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवालले बताए ।क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, क्याटका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमद,क्याटका सदस्य नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल,माओवादी केन्द्रका बाबुराम कौशिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत अर्जु पौडेल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल लगायतको सक्रियतामा उनिहरुको उद्धार गरिएको हो ।