वीरगंज, जेष्ठ ५

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साद्वारा २ वटा अबैध घरेलुु मदिरा तथा भट्टी नस्ट गरिएको छ।अबैध रुपमा भट्टी संचालन रहेको सुचना पाएपछि प्रहरीले आज अन्दाजी २ बजे गएको प्रहरी टोलीले मदिरा तथा भट्टी नस्ट गरेको छ। ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्साको बिन्दवासनी गाउँपालिका वडा न.३ इटियाहिमा अबैध रुपमा सन्चालित रहेका मदिरा भट्टीहरुबाट मदिरा तयार पार्ने कच्चापदार्थ अन्दाजी १५०० लि. र तयारी मदिरा अन्दाजी २०० लि. नस्ट गरि मदिरा उत्पादन गर्ने मेंसिन नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सिंहले बताए ।
