वीरगञ्ज,जेठ ५
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् ।बारा प्रहरीले विगत एक महिनादेखि श्रीमतीको हत्या गरेर फरार रहेका बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनी छिमेकी टोल बस्ने ५६ वर्षीय हरि बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।कार्कीले बैशाख ९ गते राति आफ्नो श्रीमतीलाई ईंट्टाले हानेर हत्या गरेका थिए । हत्या गरेर उनि फरार रहेका थिए ।प्रहरीले बुधबार जितपुरसिमराको वडा नम्बर २ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ ।उनिमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडी बढाइएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए ।