बिरगंज,जेठ ६
नारायणी वयोधा अस्पतालका कर्मचारीहरुले खाजा खर्च कटाएर खाद्यान्न सहयोग गरेका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुले निषेधाज्ञाको समयमा भोकाहरुलाई नि:शुल्क भोजन अभियान चलाई रहेका दुई संस्थालाई चामल, तेल लागयतका खाद्यान्न समाग्रीहरु सहयोग गरेका हुन् ।बिरगंजमा विगत तिन हप्तादेखि जारी निषेधाज्ञाबाट प्रभावित पिडितहरुलाई नि:शुल्क भोजन अभियान चलाइरहेका साहिब दरबार सेवा संस्थान र द् हन्ड्रेड ग्रुपलाई अस्पतालका कर्मचारीहरुले खाद्यान्न सहयोग गरेको अस्पतालका प्रशासन प्रमुख सत्रुधन प्रसाद कुर्मी (विष्णु पटेल) ले जानकारी दिए ।दुबै संस्थालाई १० बोरा चामल र २ कार्टुन तेल लगायतको समाग्रीहरु सहयोग गरिएको पटेलले बताए।अस्पतालका तर्फबाट रितेश कुमार ठाकुर, जित गिरी, कुन्दन पटेल, मनोज पटेल लगायतले उक्त खाद्यान्न सामग्री हस्तनान्तरण गरेका थिए ।