पर्सा । बाराको सिम्रोनगढ नगरपालिका वडा नं.०९मा शनिबार निशुल्क आखाँ तथा कान शिबिर सम्पन्न भएको छ । स्थानिय संस्था बसवरीया सामुदायिक बिकास संजालको आयोजनामा कचोर्वा स्वास्थ्य चौकीमा भएको उक्त निःशुल्क आँखा तथा कान शिबिरमा ३१०जनाको स्वास्थ्य परिक्षण भएको छ ।
जसमध्ये २२६ जनाको आँखाको परिक्षण भएको छ भने ८४ जना स्थानियको कानको परिक्षण भएको शिवनाथ साहले जानकारी दिनु भयो । शिबिरमा ३४ जनामा मोतिया बिन्दु फेला परेको आयोजक संस्थाले जनाएको छ । बसवरीया सामुदायिक बिकास संजालका अध्यक्ष लालबाबु प्रसादको साहको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय आमेप्रकाश साह,शिवमंगल साह, रामसुरेश मुखियाले सहयोग गरेको शिवनात साहले जानकारी दिनु भयो ।
शिबिर कार्यक्रममा वडा अध्यक्ष रामएकवाल प्रसाद यादवको बिशेया उपस्थिती रहेको थियो । शिबिरमा दृष्टी आँखा अस्पतालकी दृष्टी बिशेषज्ञ स्मृति चौधरी, मधु यादव,ई.एन.टी सहायक शनि केशरी, सुचना अधिकारी रैजु प्रसाद साह, अप्टिकल प्राबिधिक आलोक साह, सहयोगी मुनाराज दासको सहभागीता रहेको थियो ।