वीरगञ्ज, जेठ ६
भारतबाट अवैध तरिकाले भन्सार छली गरेर नेपाल भित्र्याइएको कपडा सहित पर्सा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३५ वर्षिय जकुमार प्रसाद रहेका छन् ।राजकुमारले आफै चलाईरहेको अटो रिक्सामा १ लाख २ सय २० रुपैयाँ बराबरको लताकपडा लुकाएर भारतबाट भन्सार छली गरेर ल्याइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।सूचना परिचाना तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेलवे रोड स्थित सडकमा साँझ ८ बजेको समयमा अटोरिक्सासहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।प्रहरी नायव उपरीक्षक खनालले राजकुमारको रिक्साबाट पाइन्टको थान कपडा, लहंगा, साडी, मार्किङ थान कपडा तथा कुर्ता बनाउने थान कपडा बरामद गरीएको बताए ।पक्राउ परेका राजकुमार र जफत गरिएको सामग्रीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।