वीरगंज,असोज ३०
पर्साको बिन्दवासनी गाँउपालिकाले आज गाँउपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको अनुगमन निरिक्षण गरेको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको नेतृत्वमा गएको अनुगमन टोलीले वडा नम्बर २ मा रहेका सार्वजनिक जग्गाहरुको अनुगमन निरिक्षण गरेको हो । बहुअर्वाभाठा माध्यमिक बिद्यालय देखि छठघाट सम्मको लोप भएका सडक तथा गौचर जग्गा निरिक्षण गरिएको छ । वि.स २०२१ सालको नाप नक्सामा अनुसार गाँउपालिका भित्र रहेका सार्वजनिक जग्गा निकालिने गाँउपालिका अध्यक्ष कानुले बताउनुभयो । सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष संजय चौहान,निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, नेकपाका स्थानिय नेता पशुराम यादव लगायतको उपस्थिती रहेको थियो ।