बिरगंज,जेठ १०
पर्सा जिल्लामा बैशाख १६ गते देखि जारी गरेको निषेधाज्ञा केही दिन सम्म प्रभावकारी रूपमा देखापरे पनि अहिले खासै प्रभावकारी देखिएको छैन । पर्सा र बारा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भएता पनि तस्करी लाई रोक्न सकिएको छै । पर्सा र बारा जिल्लाको ग्रामीण भेगेबाट तस्करीको एतिखेर बोडरको सुरक्षामा खटिएका सशस्त्र प्रहरीले नै नजराना बुझ्दै तस्करी गराउने गरेको भेटिएको देखिन्छ ।बारा जिल्लामा बलिरामपूर, मुसहर्वा, खुदिया टोला, छतवा बरैनिया, फेटा पुरैनिया, ईटयाही, मटिअर्वाको बाटो हुँदै खासगरी एति खेर बिहेबारी यो समय हुने भएकाले कपडाको तस्करीमा वृद्धि भएको देखिन्छ । त्यसै गरि पर्सा जिल्लाको ग्रामीण भेगका, सबैठवा, टियूकि, बुडगाई, जयमंगलापुर, अमरपट्टी, धोरे, सबैठवा, जानकिटोला, दसौता, पाण्डेपुर नाकाबाट पेट्रोलियम पदार्थ तथा चाईनिज स्याउहरूको व्यापक मात्रामा तस्करी हुदै गरेको देखिन्छ ।खास गरि एति खेर भारतबाट लता कपडा, चप्पल जुता, मोवाइलको पास्ट तस्करी हुदै नेपाल आएको पाईन्छ भने नेपाली बाट चाईनिज स्याउ तस्करीको माध्यम बाट निर्यात भएको देखिन्छ ।