बिरगंज, जेष्ठ १०


पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ६ गम्हरियामा लँकडाउनबाट अति प्रभाबित गरिब ,दलित असहाय परिवारमा बहुदरमाई युथ क्लबले राहत सामग्री बितरण गरेको छ।कोरोना माहामारी र लँकडाउनलाई मध्य नजर गरि प्रभाबित भएकालाई बहुदरमाई नगरपालिकाले अहिले सम्म अति गरिब दलित परिवारमा केही राहत पैकेज उपलब्ध गराउन नसकेको कारण बहुदरमाईका केही युवाहरुले बहुदरमाई युथ क्लबको संचालन गरि राहत बितरण कार्य गर्न लागेको कल्बका अध्यक्ष सुरज कुश्वाहाले बताएका छन।बहुदरमाई नगरपालिका वाडनं.६ गम्हरियामा २३ वटा घरधुरीलाई १० के.जी चामल, २ के.जी आलु, १ के.जी दाल ,र १ के.जी नुनको साथै दुई जना अति गरिब बिपन्न परिवारमा रु.१०००/-रुपैया को दरले राहत बितरण गरेको क्लबका अध्यक्ष सुरज कुश्वाहाले बताएका छन ।सो राहत बितरण कार्यक्रममा क्लबका अध्यक्ष सुरज कुश्वाहा, चंदन यादव ,बिजय यादव ,मन्तोष कुश्वाहा ,र चंदन गुप्ताको उपस्थिति रहेको थियो।बहुदरमाई नगरपालिका अन्तर्गत कोरोना संक्रमण तथा बिरामी लाई बिरगंज पठाउन एम्बुलेंसको सुबिधा नभएका कारण बहुदरमाई युथ क्लबलले शिकिस्त बिरामीको लागि निशुल्क ३ वटा अटो रिक्सा र बिरामीका लागि औशधी बितरणको बब्यवसथा मिलाएको छ।