वीरगञ्ज, जेठ १०


दोश्रो लहरको कोरोना भाइरस सङ्क्रमण तिब्र रुपमा समुदायमा फैलिरहेको बेला जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी गरिएको निषेधाज्ञाबाट आम नागरिक हरुलाई भोके मर्ने अवस्था भएको छ भने प्रभु हस्पिटलका सञ्चालकहरु मालमाल भएका छन।प्रभु हस्पिटलका सञ्चालक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले बिरामीसँग शूल्क बढी लिएका घटना साम्य नहुँदै अर्का बिरामीसँग अक्सिजन नलगाएरै अक्सिजन वापतको शूल्क असुली गरेको घटना उर्जागर भएको छ । यसअघि सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ९ की ६५ वर्षीय उर्मिला देवीको परिवारसँग अस्पतालले ८ दिनको २ लाख १ हजार ४ सय ५० रुपैयाँ असुलेको थियो । जसमध्ये अक्सिजनका लागि मात्र अस्पतालले १ लाख १ हजार रुपैयाँ लिएको चर्चा चुलिन नपाउँदै वीरगञ्जका ६५ वर्षीय शंकरलाल अग्रवालको सिआरपी क्वान्टेटिभ परीक्षणमा बढी शूल्क लिएर ठगी गरेको बिलले पनि सामाजिक सञ्जाल ततायो । प्रभु हस्प्टिलका सञ्चालकको पोल खुल्यो, महामारीमा बिरामीसँग लाखौ ठग्दै डा. मनोजकुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताद्वारा सञ्चालित प्रभु हस्पिटलको एकपछि अर्काे ठगीको घटना बाहिरीएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी बस्ने ५१ वर्षीय एक महिलाको ३ दिनको अक्सिजनको मात्रै ३९ हजार रुपैया लिएको बिल सामजिक सञ्जालबाट प्राप्त भएको छ । प्रभु हस्पिटलले कोभिड आईसियु बेडमा ३ दिनको अक्सिजनको ३९ हजार रुपैँया लिएको छ भने आईसियुमा बसेको २ दिनमा ८ हजार ८ सय रुपैयाँ लिएको बिलमा उल्लेख छ ।प्रभु हस्पिटलका सञ्चालकद्वय डा. गुप्ता र थापाको ठगीको अर्काे पर्दाफास यता बिरामीका आफन्तले भने अक्सिजन नलगाएरै बिलमा अक्सिजनको शुल्क जोडेको भन्दै दुखेसो पोख्छन्, ‘त्याँहा त अक्सिजन लगाएकै थिएन, इमरजेन्सीमा एकैछिन मात्रै लगाएको थियो त्यसको यति धेरै नहुनुपर्ने ? मैले बिल लिँदा बिरामीको स्वास्थ्य अवस्थामा बढी ध्यान दिएको हुँदा बिल हेरिन । अहिले घर आएर राम्रोसँग हेर्दा नलगाएको अक्सिजनको ८ हजार ८ सय रुपैँया लिएको छ ।’आईसियुमा बसेको २ दिनको बिलमध्ये बेड चार्जको ६ हजारका दरले १२ हजार, अक्सिजनको ८ हजार ८ सय, नर्सिङ् केयरको ३ हजार, कोभिड किटको ४ हजार ५ सय र अन्य सेवा शुल्कवापत २ सय ५० रुपैया गरी जम्मा ३५ हजार ५० रुपैयाँ अस्पतालले लिएको बिलमा उल्लेख छ । त्यसैगरी ३ दिनको कोभिड आईसियुमा बेड चार्ज ८ हजारका दरले २४ हजार, डक्टर राउण्ड भिजिट चार्ज ८ हजार, अक्सिजनको ३९ हजार, नर्सिङ् केयरको ४ हजार, कोभिड किटको ६ हजार र अन्य शूल्क २ सय ५० गरी जम्मा ८१ हजार २ सय ५० रुपैयाँ लिएको बिलमा उल्लेख छ । प्रभु हस्पिटलले असुल गरेको बिल ।यसअघिका घटनामा बिरामीसँग अस्पतालले बढी शुल्क असुलेको थियो भने यस घटनामा अक्सिजन नलगाएरै अक्सिजनको शूल्क असुलेको बिरामीका आफन्तको आरोप छ । यसरी एकपछि अर्काे ठगीका घटना बाहिरीनुले अस्पतालका सञ्चालकको नियतमाथी नै प्रश्न चिह्न खडा भएको छ । कहिलै बढी शूल्क असुल्ने र कहिलै अक्सिजन नलगाएरै शूल्क लिने प्रभुको प्रवृतिले स्वास्थयमाथी खेलवाँड गरेको प्रस्ट हुन्छ । उपचारको नाममा ठगी गर्ने प्रभु हस्पिटलका सञ्चालकलाई कारवाही गर्न चौतर्फी माग भएको छ।