बिरगंज, जेठ ११
लाखौ नागरिक राज्य विहिनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको नागरिकता अध्यादेशबारे झूठ एवं भ्रमपूर्ण कुरा पोष्ट गरेर पार्टीबाट निस्काशित एवम् भगौडा माधव कम्पनीको सदस्य भीम रावलले सम्प्रदायिकता मचाउन खोजदा आज बिरगंजका युवाहरु पुतला दहन गरेकाछन । विगतदेखि नै मधेशलाई अपमानित गर्दै आएको रावलले पर्सा जिल्ला र नागरिकताको विषयमा गरेको टिप्पणी अराजकता र उदणडताको पराकाष्टा हो । दुर्भाग्य छ यस देशको यस्ता कुपुत्रहरु जस्ता नेता पनि छ नेपालमा ।भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप लगाउँदै पुतला दहन गरेका छन्।

नेपाल कै स्थापित तथा आर्थिक नगरी बिरगंजलाई बदनाम गराउने हिसाबले हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा अफिसमा भारतीयहरुले नागरिकता लिईरहेको सफेद झुठो बोल्ने अहानकारवादी र पितृसत्तात्मक सोच बाट ग्रसित भिम रावलको पुतला आज बिरगंजमा दहन गरि विरोध गरेका छन्।साथै आफ्नो स्टेटस फिर्ता लिई आम मधेसी संग माफी मागेन्न भने आन्दोलनको आधि दुफान ल्याउने छौ ।सम्मानिय राष्ट्रपति ज्युले जारि गर्नु भएको नागरिकता विधेक आम मधेसी र महिला को पक्षमा छ। यसको विरोध गर्नेहरू मधेस र महिला मुक्तिको विरोधीहरु हुन ।