बिरगंज , जेष्ठ ११
जिल्ला प्रहरी कार्यालय पर्साले लागू औंषध सहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न ५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा न. १७ अलौस्थित खाली जमीनमा लागुऔषध लुकाइराखिएको छ, भन्ने सूचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले खानतलासी गर्दा खाल्डो खनी स्याउलाले छोपेको अवस्थामा ८८ बोत्तल नयाँ र खाली ५ बोत्तल wincirex फेला पारी र सो लागू औषध सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त लागू औषध बीरगंज महानगरपालिका वडा नं.१७ बस्ने बर्ष ३५ को अमरुल्लाह अन्सारी र सोहि स्थान बस्ने बर्ष ४० की सकुन नेशा पवरियले भारतको रक्सौलबाट बिक्रीवितरण गर्ने उदेश्यले ल्याई लुकाएको खुल्न आएकोले निजहरु दुबै जनालाई निजहरुकै घरबाट हिजै नियन्त्रणमा लिई आज लागू औषध मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।