बिरगंज ,जेष्ठ १२
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर- ३ शृजन टाेल नजिकबाट ३ थान सालको गोलिया र ३ थान साइकल सहित गए राति बन गस्ती टाेलिले नियन्त्रणमा लिएको छ ।जङ्गलबाट चोरी गरि साइकलमा सालको गोलिया काठ तस्करहरुले ल्याउदै गरेको अवस्थामा सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार अर्जुन चौधरीको कमान्डमा खटेकाे बन गस्ती टाेलिले पक्राउ गरेको हो । काठ तस्करहरुले बन गस्ती टाेलिलाई देखेपछि काठ साइकल छाडि भागेका थिए। काठ साइकल नियंत्रणमा लिई आवस्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बडनिहारमा राखियकाे बडनिहार बन कार्यालयका कमान्ड रामआशिष प्रसाद कुर्मीले बताएका हुन। आज बिहान मात्र राष्ट्रिय बनमा काठ तस्कर हरुले सालको गोलिया काटि राखेकाे अवस्थामा विशेष सुराकिको आधारमा दुई थान सालको गोलिया सब डिबिजन बन कार्यालय बडनिहारकाे बन गस्ती टोलिले बरामद गरेको छ ।कोरोना भाइरसका कारण लागेकाे लक डाउनको मौका छोपि काठ तस्करहरु पुन काठ तस्करीमा सक्रिय भएका छन ।अहिले दिनहु बनकर्मीहरुको मिलो मतोमा काठ तस्करी भईरहेको स्थानीयहरु बताउँछन् ।