बिरगंज , जेठ १२


नेपाल पत्रकार महासंघ पर्सा शाखाले काेराेना भाइरस संक्रमित भई उपचाररत रहेका पत्रकारहरूकाे उपचार तथा सहयोगका लागि स्थापना गरेको पत्रकार राहत विपद कोषमा पिसि मिडियाद्वारा सञ्चालित रेडियाे सान्भी ९६.४ मेगाहर्ज तथा साझा डेलिडटकमले नगद रू. २५ हजार रूपैयाँ सहयोग गरेको छ ।कोरोना भाइरस सङ्क्रमणको बेला अग्रपंतिमा खटिने पत्रकार तथा सञ्चारकर्मीहरुलाई हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थापित कोषमा रेडियो सान्भी तथा साझाडेली डटकमले आर्थिक सहयोग गरेको छ। रेडियो सान्भीका म्यानेजर रामअनुप यादव , प्राविधिक प्रमुख सतेन्द्र यादव , कार्यक्रम प्रमुख सोनम गौतमले संयुक्त रूपमा नेपाल पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष सुष्मा शर्मा , कोषाध्यक्ष संजीव मिश्रा र पुष्प तिमिल्सिनालाई रकम हस्तान्तरण गरेका हुन। साथै लेडिज सर्कलले नगद रु २०००० र सोहन पोदारले ५००० सहयोग गरेका हुन् भने यस भन्दा अगाडि पत्रकार महासंघ पर्सा शाखाका सहसचिव जितेन्द्र साहले ५१००० सहयोग गरेका हुन् ।सहयोगबापत प्राप्त रकम कोरोना भाइरसबाट संक्रमित हुने तथा प्रभावित हुने पत्रकारहरुलाई प्रदान गर्ने उपाध्यक्ष शर्माले विश्वास व्यक्त गरिन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पत्रकार राहत विपद् कोषमा सहयोग गरेकोमा आभार प्रकट गर्दै अरुलाई पनि सहयोग गर्नका लागि पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्राले अपील गरेका हुन्।
बैंक विवरण :- महालक्ष्मी विकास बैंक बीरगंज ब्रान्च पर्सा
नेपाल पत्रकार महासंघ
खाता नं :- 01900100334818000001