बिरगंज , जेठ १२
विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाईरसको महामारिबाट कोहि पनि अछुतो नरहेको बेलामा दैनिक ज्याला तथा मजदुरी गरि जिवीकोपार्जन गर्ने वर्गहरुलाई त झन निकै कठिन अवस्थाको सामना गरिरहनुपरेको छ । आफ्नो दैनिक छाक टार्न नै धौ धौ परिरहेको समयमा पौष्टिक आहार छुटाउन सक्ने त अवस्था नै भएन । यसरी समस्यामा परेका अति विपन्न घरपरिवारका सदस्यहरुको लागि यूकेएड, सेफ द चिल्ड्रन, एकशनएड, नेपाल तथा दिव्य यूवा क्लव पर्साको संयूक्त साझेदारीमा कोभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य परियोजना पोखरिया नगरपालिकामा संचालन गरिएको थियो ।

सोहि कार्यक्रम अन्तरगत पोखरीया नगरपालीकाका वडा न. ७, वडा न.८ तथा वडा न. १० मा रहेका सुत्केरी, गर्भावती महिला तथा ५ वर्ष मुनीका बालबालिकाहरुको लागि सर्वोत्तम आहार लिटो वितरण गरिएको छ । सो सर्वोत्तम लिटो भटमास, गहुँ, चिनी, भिटामिन, खनिज पदार्थ, पोटासियम क्लोराईड लगायतका पोषण तत्वहरु मिलेर बनेको पोषणयुक्त पिठो हो । यसको सेवनले बालबालिकाहरु तथा गर्भवती तथा सुत्केरी महिलाहरुलाई चाहिने आवश्यक पोषण तत्व प्राप्त हुने हुनाले ससो सर्वोतम लिटो वितरण गरिएको हो ।
पोखरीया नगरपालीका वडा न. ७, वडा न. ८ तथा वडा न. १० का ६२ जना गर्भवती ८८ जना सुत्केरी ४०० जना ५ वर्ष मुनीका बालबालिकाहरुलाई लिटो कोभिड १९ को सुरक्षाको मध्ये नजर गर्दै वितरण गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुलाई १८ केजी का दरले र बालबालिकाहरुलाई ९ केजी को दरले सो सर्वोत्तम लिटो वितरण गरिएको हो । सो लिटो वितरण पोखरीया नगरपालीकाको सहकार्यमा सम्पन्न गरिएको हो ।