वीरगंज,जेठ १३
नेकपा एमाले पर्साका नेताहरुले नागरिकता सम्वन्धी अध्यादेशको पक्षमा वीरगंजमा जुलुस प्रदर्शन गरेका छन । एमाले नेता बलिराम साहको नेतृत्वमा भएको प्रर्दशनमा नागरीकता बिरोधी नेता चाहिदैन, भिम रावल मुर्दावाद, नागरीकता अध्यादेश बिरोधी होसियार, राष्ट्रिय एकता जिन्दाबाद, ओली सरकार जिन्दाबाद जस्ता नारा लगाएका थिए । जुलुस प्रदर्शन वीरगंजको मुर्लिचौक देखि नेशनल ट्रेडिङ सम्म गरिएको थियो। नेताहरुले अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई–मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण / फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत गर्नेहरुलाई खबदारी स्वरुप जुलुस प्रदर्शन गरिएको नेता साहले बताए । सो अवसरमा संबिधान सभा सदस्य ईस्माईल हवारी, छिपहरमाई गाँउपालिका प्रमुख मनोज गुप्ता नेता योगेन्द्र साह,लगायतको उपस्थिती रहेको थियो । अध्यादेश जारी भएपछि नेता रावलले सोमबार समाजिक संजाल ट्वििटरमा जिल्ला प्रशासन कार्यालय पर्साले निकै ठुलो भिडभाड गरी नागरिकता बितरण गरिरहेको र त्यसमा भारतीय नागरिक बढि भएको जस्ता बिवादास्पद अभिव्यक्ति ट्वििट गरेका थिए ।