वीरगन्ज ,जेठ १३
नारायणी अस्पतालले गएराती ४० जना संक्रमित पुष्टि गरेको छ । २८२ जनाको स्वाब संकलन परिक्षण गर्दा ४० जना संक्रमित पुष्टि भएका हुन । पर्साका २४ जना बाराका १० जना रौतहटका दुइजना, सर्लाहीका तीनजना र काठमाण्डौका एकजना छन । यसैगरी हिजै बिहान नारायणी अस्पतालले ६० जना संक्रमित पुष्टि गरेको थियो । नारायणी अस्पतालको पिसिआर परिक्षणमा केही दिन देखी संक्रमित संख्या र मृत्युदर घटदै गएको छ । हिजो तीनजनाको मात्र मृत्यु भएको थियो । आज अहिले सम्म कुनै मृत्युको समाचार छैन ।