वीरगन्ज, जेठ १३
नेपाल पत्रकार महासंघ पर्सालाई प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य डा. अन्जु यादवले खाद्यन्न सहयोग गर्नुभएको छ । डा. यादवले ७ बोरा चामल, ७ लिटर तेल, १४ किलो दाल र ७ पाकेट नुन महासंघका पर्सा अध्यक्ष अनुप तिवारीलाई हस्तान्तरण गर्नुभयो ।
महासंघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचि श्याम बन्जारा, महासंघ पर्साका उपाध्यक्ष सुष्मा शर्मा, सचिव भुषण यादव,कोषाध्यक्ष संजिव मिश्र लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।