बीरगंज , जेष्ठ १३
कोरोना भाइरसका महामारीका कारण सुरक्षाका स्वस्थ्य समाग्रीका अभाव झ्ेलेका संचारकर्मीहरुलाई सहजता हाृेस भनेर आज त्यस प्रकारको समाग्री संघले पत्रकार महासंघलार्य हस्तान्तरण गरेको छ । सो अवसरका बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, बरिष्ठ उपाध्याक्ष अनिल अग्रवाल पटवारी र माधब लाल राजपालले महासंघका अध्यक्ष अनुप तिवारीलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघका प्रदेश महासचिब श्याम बन्जाराको रोहबरमा ती समाग्री हस्तान्तरण भएको हो । उक्त अवसरमा महासंघका उपाध्याक्ष शष्मा शर्मा, कोषाध्याक्ष सञ्जीब मिश्र, प्रणय साह लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा ३१ हजार नगद, माक्स एक हजार पिस, फेस सेभिङ्ग चश्मा १०० पिस, सेनिटाइजर २०० पिस लगायतका समान छन ।