बीरगन्ज, जेठ १३
पर्सा जिल्लामा जारी निषेधाज्ञाका बिच अवैध रुपमा नेपाल भित्रिएर निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृत रूपमा चलाइएका ८ वटा भारतीय नम्बरका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विभिन्न चेकिङ तथा मोबाइल टोलीले विभिन्न मितिमा वेवारिसे अवस्थामा बरामद गरेको भारतीय नम्बरका उक्त मोटरसाइकलहरु BR05M7902, BR05R1284, BR22B7157, BR05M1556, BR05L4101, BR22AF2449, BR05T6757 र BR01DM4602 नम्बरका रहेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका भारतीय नम्बरका विभिन्न ८ वटा मोटरसाईकल पर्सा प्रहरीले ५ लाख ८५ हजार मुल्याकंन गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।