वीरगञ्ज ,जेठ १३


वीरगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। प्रधानमन्त्रीले चालेको असवैधानिक कदमको विरुद्धमा पर्साका विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका हुन् । दोस्रो पटक प्रतिनिधि सभा भंग गरेको विरोधमा पुत्ला जलाएका छन्। नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधत्व गर्ने सदस्यले प्रधानमन्त्रीमा नियुक्तिको लागि दावी पेश गर्नु पर्ने आव्हान गरेपछि प्रतिनिधि सभामा दावी पेश गर्दा विश्वासिलो अवस्था नरहेकोमा छानविन गर्नुको साटो प्रधानमन्त्रीको सिफारिशमा शुक्रवार राति राष्ट्रपति भण्डारीले गरेको संसद विघटन असंवैधानिक एवं संविधानको भावना विपरित भएको भन्दै बीरगंज महानगरपालिका वडा नम्बर १४ चिनिमिल आवास क्षेत्र अगाडि नेकपा माओवादी केन्द्र निकट र नेपाल विद्यार्थी संघको संयुक्त रूपमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएर विरोध प्रदर्शन गरेका छन । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचन घोषणा गरेको र मुलुकलाइ राजनीतिक निकास दिनुको साटो राष्ट्रपति भण्डारीले एउटा पार्टीको अध्यक्षको इशारामा संसद विघटन गरि जनताको भावना सित खेलवाड गरेको आरोप लगाउँदै पुतला जलाएका छन् ।अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज जुबैर आलम र नेवि संघका कार्यवाहक अध्यक्ष विकेश पटेलको नेतृत्वमा रहेको विद्यार्थी हरुले नाराबाजी गर्दै पुत्ला जलाएका हुन्।जुलुस प्रदर्शनमा अखिल क्रान्तिकारी पर्सा सदस्य रामबाबू मण्डल , महानगर अध्यक्ष विवेक साह लगायतको उपस्थिति रहेको थियो।