बिरगंज,जेठ १५
वीरगंजमा कोराना भाईरसको माहामारी विभिन्न अभियान संचालन गरेको कोभिड एक्सन टीम क्याटलाई आर्थिक सहयोग प्राप्त भएको छ । क्याटले आर्थिक अवस्था कमजोर भएका विपन्न परीवार लगायतका दैनिक ज्याला मजदुरी गर्ने मजदुरका लागि संचालन गरेको कोभिड किचेनका बागमित प्रदेश अन्तगर्तको हेटौडा निवासी सामाजिक अभियन्ता सुशिल राज गिरीले आर्थिक सहयोग गर्नुभएको हो ।
गिरीले क्याट गरेको कामबाट प्रभावित भएर स्वस्फुर्त रुपमा नगद पाँच हजार रुपैया सहयोग गरेको बताउनु भएको क्याटका सदस्य एव् जनता समाजवादी पार्टिका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो । सामाजिक अभियन्ता गिरीले सहयोग स्वरुप पठाउनुभएको रकम क्याटका सदस्य तबरेज अहमदले आज क्याटका संयोजक एव् जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अंसारीलाई हस्तान्तरण गर्नुभएको हो ।