वीरगंज , जेठ १६
रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसले वीरगंजस्थित नारायणी अस्पताललाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । क्लबले २०५ किलो चामल, १० किलो रहरको दाल, १० किलो मसुरको दाल, २५ लिटर खाने तेल, मसाला लगायतका सामग्री अस्पतालका निमित प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. उदय नारायण सिंह र त्यहाका अधिकारीलाई क्लबका भुतपूर्व अध्यक्ष रो. शालिकराम प्रसाद र क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर रो. अनिल जायसवालले हस्तान्तरण गरेका हुन् ।यस अघि नारायणी अस्पताललाई नै स्वास्थ्य सामाग्री वितरण गरेको क्लबले अस्पतालका कर्मचारी तथा बिरामीहरुका लागि उपयोगी हुने भन्दै खाद्यान्न सामाग्री सहयोग गरेको जायसवालले बताए ।