बिरगंज ,जेठ १६
वीरगंजमा कोराना भाईरसको माहामारी विभिन्न अभियान संचालन गरेको कोभिड एक्सन टीम क्याटलाई आर्थिक सहयोग प्राप्त भएको छ । क्याटले आर्थिक अवस्था कमजोर भएका विपन्न परीवार लगायतका दैनिक ज्याला मजदुरी गर्ने मजदुरका लागि संचालन गरेको कोभिड किचेनका लागि बारा जिल्ला निवासी हाल काठमाडौंमा पलेडियम संस्थामा चार्टर एकाउन्टको रुपमा काम गरिरहनु भएको बिकास पुडासैनीले आर्थिक सहयोग गर्नुभएको हो । पुडासैनीले क्याटले गरेको कामबाट प्रभावित भएर स्वस्फुर्त रुपमा नगद पाँच हजार रुपैया सहयोग गरेको क्याटका सदस्य एव् जनता समाजवादी पार्टिका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो । पुडासैनीले सहयोग स्वरुप पठाउनुभएको रकम क्याटका सदस्य तबरेज अहमदले आज एक कार्यक्रमका बिच क्याटका संयोजक एव् जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अंसारीलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा क्याट सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सचिब श्याम पटेल, क्याट सदस्य एवम् नेपाल पत्रकार महासङ्ह पर्साका कोषाध्यक्ष सन्जिव मिश्रा र क्याट भोलान्टियरहरुको उपास्तिथी रहेको थियो।