कलैया , जेठ १६
दोश्रो लहरको करोना भाईरस संक्रमण तिब्र गतिमा बढ़िरहेको र समुदायमा संक्रमितको संख्या बढ़दै गएपछि ल्यानश क्लब अफ कलैया बाराले निशुलक बितरण र्गनका लगी अक्सिजन बैंक स्थापना गरेकोमा उक्त कार्यलाई सम्मान गर्दै कलैया सिटी जेसिसले आर्थिक सहयोग गरेको छ।


कलैया सिटी जेसिसले ल्यानस क्लब अफ कलैयाका अध्यक्ष दिलीप चौधरीलाई ३०००० तीस हज़ारको चेक हस्तान्तरण गरेको जेसिसका क़ानूनी सल्लहकार साबित्री शर्माले बताईन।
मानव जीवनलाई कसरी बचाउन सकिनछ भने त्यसलाई मध्यनज़र गर्दै स्थापना गरिएको अक्सिजन बैंकलाई ५० सिलिण्डर बराबरको अक्सिजन ग्यास सहयोग गर्दा ल्यानस क्लबलाई सहयोग हैन की हामी आफ़ैलाई गर्दैछौ ।कलैया सिटी जेसिसका अध्यक्ष शम्भु गुप्ताले धारणा राखे। कलैया सिटी जेसिस, नेपालका बासी र कायण्डा बासी मिलेर गठन गरिएको नेपालिज क्यानोड़ियान सेण्टर (NCHC) संस्थाले ५३७५५ तिरपन हजार सात सय पचपन रूपैया सहयोग गरेकोमा धन्यबाद र आगामी दिनमा नया कार्य गर्न हौसाला दिदाई कलबका अध्यक्ष चौधरीले धारणा राखेको कलबका सलहकार बिजय अग्रवालले बताए।चेक हस्तान्तरण कार्यक्रममा कलैया सिटि जेसिजका संस्थापक अध्यक्ष रामनिवास कुश्वाहा,पुर्ब अध्यक्ष धनिलाल साह सरार्फ,बर्ष २०२० का अध्यक्ष बिपिन चौधरी महासचिव पवन कुश्वाहा,कोषाध्यक्ष सुभाष साह,भोला साह,रोशन श्रीवास्तव,लायन्स कल्ब कलैयाका उपाध्यक्ष नवीन अग्रवाल,सचिव सुर्यजित सिंह,कोषाध्यक्ष सुभाष जैसवाल ,बृजकिशोर साह लगाएतको उपस्थिति रहयो।