

बिरगंज,जेठ १६
नेपाल रेडक्रस सोसाइटि पर्सा जिल्ला शाखाले नेपाल पत्रकार महासंघ पर्सालाइ स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका सभापति बिरेन्द्र राज कंडेल र कोषाध्यक्ष महन्थ प्रसाद यादवबाट नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र सचिव भूषण यादवलाइ सर्जिकल मास्क ५०० थान र एन ९५ मास्क १०० थान जिल्ला शाखा कार्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ ।हस्तान्तरण कार्यक्रममा सभापति बिरेन्द्र राज कंडेलले यस महामारीको समयमा सामाचार संकलनका लागि साथै सो सामाचर प्रसारण र प्रकाशन गरि देश भरिका जनतालाइ विभिन्न कार्यक्रम, कार्य प्रगति, क्षति, उपलब्ध लगायत बिविध बिषयमा जानकारी गराउने कार्य स्रहानिय रहेकोमा पत्रकार एवं सञ्चारकर्मिहरुलाइ हरेक तरिकाले सुरक्षित हुनु पर्ने र अन्य सबै निकायले समेत हातेमालो गरि अगाडि हिड्नु पर्ने कुरामा जोड दिनुभयो ।नेपाल रेडक्रस सोसाइटी “जहाँ दुख त्यहाँ रेडक्रस” भन्ने नाराका साथ देश लगायत अन्तर्राष्ट्रियमा समेत मानवीय सेवा कार्यमा अग्रसर रहेको कुरा सम्मानजनक रहेको साथै गाउँ गाउँमा समेत यस महामारी परिस्थितिमा जनचेतना फैलाउनुका साथै मुख्य नाका शंकराचार्य गेटमा हेल्थ डेस्क साथै यस महामारिको बेला रक्तदान कार्यक्रमको आयोजनामा कमी रहेतापनि विभिन्न निकाय एवं ब्यक्ति सङको समन्वयले बिरामीहरुको रगतको पुर्ती गरिदै आएको र आज पत्रकारहरुको स्वास्थ्यको बारेमा समेत सोच्नु भएको समेत निकै प्रशंसनिय रहेको कुरा नेपाल पत्रकार महासङका अध्यक्ष अनुप तिवारिले ब्यक्त गर्दै धन्यवाद दिनु भएको कुरा पर्सा रेडक्रसका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा शाखाका लेखाअधिकृत बिरशम्सेर प्रसाद कुर्मी, उमेश मिश्र, लक्ष्मीनारायण राउत लगायतको उपस्थिति रहेको थियो ।