वीरगञ्ज, जेठ १७
नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्ता आज पर्सा क्षेत्र नम्बर ३ का नेता कार्यकर्ता सँग भेटघाट गर्नुभएको छ । नेता गुप्ताले क्षेत्र नम्बर ३ अन्र्तगत रहेको पोखरीया नगरपालिका, औराह, सन्ठी, बहुअर्वा लगायतको स्थानका नेता कार्यकर्ता संग भेटघाट गर्नुभयो । भेटघाटको क्रममा नेता गुप्ताले स्थानियवासीको समस्या र समाधानबारे छलफल गरेका थिए । उहाँले कात्तिक र मंसिरमा हुने निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले केपी ओली सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्न तथा जेठ १५को बजेट भाषण मार्फत वृद्धि भएको वृद्धा भता लगायत राष्ट्रिय गौरवका योजनाका बारेमा जानकारी दिन पनि आग्रह गर्नुभयो । उहाँले स्थानिय तहले गरेका बिकाश निर्माणबारे पनि चासो र निगरानी गर्न स्थानिय कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई मध्यनजर गरी पार्टीगत काम र संगठन बिस्तारमा जोड दिनु सुझाव दिनुभयो । सो अवसरमा संबिधान सभा सदस्य प्रद्युम्न चौहान, नेकपा एमाले पर्साका जिल्ला सदस्य श्याम बन्जारा लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।