वीरगञ्ज, जेठ १७
एक्शनएड, नेपाल तथा दिब्य युवा क्लब पर्साले आज स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य समाग्री र पानी हस्तान्तरण गरेको छ । एक्शनएड, नेपाल तथा दिब्य युवा क्लबको संयूक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सर्जिकल माक्स २५०० थान, सेनिटाइजर २५ लिटर तथा मिनरल वाटर २०४० बोतल हस्तान्तरण गरिएको हो । पर्सा जिल्लाको प्रोटेशन क्लष्टरको समन्वयमा वीरगञ्ज महानगरपालिकाको शंकराचार्य गेटमा रहेको ईनार्वा प्रहरी चौकीका प्रमुख पुर्ण प्रसाद दहाल र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाबाट बोर्डरमा खट्नु भएका ल्याब टेकनिशियन दिपेन्द्र प्रसाद चौरसिया सहित टिमलाई संयूक्त रुपमा तिन समाग्री दिब्य युवा क्लब पर्साको कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले हस्तानान्तरण गर्नुभयो ।