वीरगंज ,जेठ १७
पर्साका १० जना सहित वीरगंजमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार ९२ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालको कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले वताए ।पर्साका १० जना, बाराका ६ जना र सर्लाहीका २ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा २ जना महिला र १६ जना पुरुष रहेका छन् । संक्रमितहरु १७ बर्षदेखी ९० बर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८.६ देखी ३५.९ सम्म रहेको छ ।पर्साको वीरगंज महानगरपालिका वडा नं. २, १० का २/२ जना, वडा नं. ४, १२, १५, २२, पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ का एक जना र बिन्दवासिनी गाउँपालिकाकाको झौवाका एक जनामा संक्रमण देखिएको डा. दासले जानकारी दिए ।