कार्तिक १
पोखरीया नगरपालिका वडा नम्बर ९ वैरिया बिर्तामा आज जलयात्रा सम्पन्न भएको छ । नवरात्रीको पहिलो दिन आज जलयात्रा कार्यक्रम सम्पन्न भएको हो । उतरवाहनी नदी नवरंगीया नदीबाट जलभरी बाजा गाजाका साथ पुनः बैरिया बिर्तामा गई सम्पन्न भएको थियो । १० दिन सम्म बिहान बेलुका धुमधामका साथ पुजा अर्चना गरि नवरात्री पर्व मनाईने पुजा समितीका बलिराम मुखियाले जानकारी दिनुभयो । कलश यात्रामा धर्मेन्द्र पटेल,ओमप्रकाश मुखिया,सिकेन्द्र राम,श्रीराम मुखिया,दरोग राउत,भागरिथ राउत ,वृजकिसोर पटेल लगायतको उपस्थिती रहेको थियो ।