वीरगन्ज , जेठ १८
नेकपा एमालेका नेता एवं संबिधान सभा सदस्य राजकुमार गुप्ता आज पोखरीया नगरपालिका वडा नम्बर ९ सिवर्वाका स्थानिय संग भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा नेता गुप्ता स्थानियहरुको घरदैलामै पुगेर स्थानिय समस्याको बारे छलफल गरेका थिए । उहाँले स्थानिय तहबाट उपलब्ध सेवा तथा बिकाश निर्माणबारे पनि स्थानिय संग छलफल गर्नुभएको थियो ।
भेटको क्रममा नेता गुप्ताले स्थानिय कार्यकर्तालाई संगठन बिस्तारमा जोड दिन पनि निर्देशन दिदै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले ओली नेतृत्वको सरकारले गरेका देश बिकाशका योजनाहरुको बारे पनि चर्चा गर्नुभएको थियो । आर्थिक बर्ष ०७८÷७९को बजेट मार्फत वृद्धि भएको वृद्धा भत्ता, समाजिक सुरक्षा भताबाट स्थानिय निकै हर्षित रहेको र सरकारको प्रंशास समेत गरेको नेता गुप्ताले बताउनुभयो ।
यसैगरी सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी सुरेश साह कानु,मुख्तार मियाँ देवान लगायत दुई दर्जन भन्दा बढि नेता कार्यकताहरु एमाले प्रवेश गरेका थिए । नवप्रवेशी नेता कार्यकर्तालाई संबिधान सभा सदस्य राजकुमार गुप्ता र प्रधुम्न चौहानले पार्टीमा स्वागत गर्नुभएको थियो । सो अवसरमा जिल्ला सदस्य संजिव मिश्र,नेताहरु रामेश्वर चौहान,राजेश रौनियार,बिन्ध्याँचल ठाकुर, लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।