बिरगंज,जेठ १९
निम्बस ग्रुपले नेपाल पत्रकार महासंघ पर्सालाई मगंलबार राहत सहयोग गरेको छ । निम्बसले अाफ्नो उत्पादन गरेको बयन्जन सोयाबिन, तेल, मास्क र दाल गरि ४५ प्याकेट महासंघलाई हस्तान्तरण गरेको निम्बस ग्रुपका एच आर प्रमुख ओम प्रकाश बैठाले बताए । महासंघ कार्यालयमा बैठाले शाखा अध्यक्ष अनुप तिवारीलाई सहयोग हस्तान्तरण गरेका थिए ।नेपाल पत्रकार महासंघको विपद कोषमा इच्छुक व्यक्ति, सरकारी तथा निजी संघ–संस्थाहरुले खुल्ला तथा गोप्य रुपमा आवश्यक रकम सहयोग गरिदिन हुन महासंघ आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघलाई सहयोगका लागि
बैंक विवरणः
Nepal patrakar mahasangh
A/C No. 01900100334818000001
Mahalaxmi Bikash Bank Ltd.
Birgunj Branch Parsa