वीरगंज , जेठ १९
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा प्रबेशद्वार तथा सोही गाउँ निवासी नेपाली कांग्रेस पर्सा क्षेत्र नमबर ३ का महाधिवेशन प्रतिनिधी स्व. फुलचन साह कानुको शालिक निर्माण हुने भएको छ ।बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरी र सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुवनको दक्षिणपटि सिमानामा निमार्ण हुने प्रबेशद्वार र शालिकको मंगलबार एक कार्यक्रमका बिच सखुवाप्रसौनि गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले शुभारम्भ गरेका छन् ।शालिक निमार्ण हुने नेपाली कांग्रेसका नेता कानुको २०२३ साल माघ महिनाको २० गते महुवन गाउँमा जन्म भएको थियो । उनको ०६४ साल भदौ ८ गते गोली हानी हत्या गरिएको थियो । कानुको हत्याको जिम्मा जन्तान्त्रीक मुक्ति मोर्चाका चौहान सिंह र तुफान सिंहले एक प्रेस बिज्ञप्ती जारी गरी लिएका थिए ।सखुवाप्रसौनी गाउँपालिकाको ६ लाखको लागतमा शालिक निमार्ण भईरहेको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले बताए ।शिलान्यास कार्यक्रममा वडाका वडाध्यक्ष, सदस्यहरु, समाजसेवी श्रीराम गिरी, शिव साह, श्यामबाबु पटेल, पुरन यादव लगायत गाउँका दर्जनौ स्थानियहरुको सहभागीतामा रहेको थियो।