वीरगंज , जेठ १९
वीरगंज महानगरपालिकाको राधेमाईमा मंगलबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हन्ड्रेड ग्रुप अफ वीरगंज र हेल्प डेक्स वीरगंजको आयोजनामा भएको कार्यक्रममा ४ महिलासहित ६३ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।राधेमाईइस्तिथ साउथ जौन माध्यमिक विद्यालयमा भएको कार्यक्रममाकार्यक्रममा किशन कुमार सर्राफ, मिहिर अग्रवाल, हैपी अग्रवाल, अमित साह कलवार, रोशन साह, शतिश अग्रवाल, राहुल गुप्ता, अनिकेश साह कानु, इन्द्रा राणा, रुपा साह लगायतकाले रक्तदान गरेको उनले जानकारी दिए ।
कोरोना महामारीमा रगतको अभाव हुन नदिन “कोहिपनि रगतको अभावले मृत्युको मुखमा पर्नु नपरोस “भन्ने नाराका साथ हेल्प डेक्सका किसन सर्राफ र हन्ड्रेड ग्रुप अफ वीरगन्जका सचिव बिकीं सर्राफको नेतृत्वमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजन गरिएको थियो ।