वीरगन्ज १९ जेठ : वीरगन्जको राणीसती मन्दिर अगाडि निषेधाज्ञा अवधिभरका लागि स्थापना गरिएको सहायता कक्ष्ँ (हेल्प डेस्क) लाई वीरगन्ज साइकलिङ क्लबले दुई थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । क्लबका अध्यक्ष सन्जय अग्रवालले बुधवार सहायता कक्ष्ँका किशन सर्राफलाई कन्सनट्रेटर हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा क्लबका कोषाध्यक्ष नूतन सरावगी, अनुप सरावगी, सुमन बेनर्जी, नेहा अग्रवाल, स्वेता मस्करा, ओम मित्तल र डा.अन्नु पटावरीको उपस्थिती रहेको थियो ।
सिकिस्त कोरोना संक्रमितले निशुल्क रुपमा उक्त कन्सनटेटर प्रयोग गर्न सक्ने छन् । महामारी नियन्त्रणमा आएपछि कन्सनट्रेटर क्लबले फिर्ता लिने अध्यक्ष अग्रवालले जनाए । कोरोना महामारीको समयमा क्लबले समाजका विभिन्न तहलाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।