बिरगंज , जेठ १९
गैर आवासीय नेपाली समाज (एनआरएन) मासाचुसेट्स, अमेरिकाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् ।आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा हरिप्रसाद काफ्लेलाई पराजित गर्दै तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । मासाचुसेट्स राज्य कमिटीको उपाध्यक्षमा राजु (खुम) गुरुङ, सचिवमा प्रचण्ड श्रेष्ठ, सहसचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा अजय कुशवाहा र महिला संयोजकमा अन्जु थापा निर्वाचित भएका छन् ।नवनिर्वाचित कोषाध्यक्ष कुशवाहाका अनुसार सदस्यहरुमा रूपक अधिकारी, समुन्द्र श्रेष्ठ, प्रमिला धमला बंजरा, कृष्ण महत, शिवराज मिश्र र अन्जना घले निर्वाचित भएका छन् ।