वीरगन्ज , जेठ १९
पर्सा ज़िल्लाको पोखरिया नगरपालिकास्थित जिल्ला उच्चांगल रामदेव कलवार माविको प्रअ नियुक्त गर्ने सम्बन्धमा पुनः विवाद भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख दीपनारायण रौनियारले ओमप्रकाश रौनियारलाई प्रअमा नियुक्त गरेपछि उपप्रमुख सलमा खातुन र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले सोबारे विवाद गरेका हुन् । नगरप्रमुखएवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रौनियारले आज प्रअमा ओमप्रकाश रौनियारलाई नियुक्त गरेको पत्र विद्यालयमा पठाएपछि सो पत्र दर्ता नगर्नु भनेर उपप्रमुखलगायत विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूले अर्को पत्र पठाएका छन् । विद्यालयको प्रअका लागि ओमप्रकाश र विनोद चौधरीबीच यसअघिदेखि प्रतिस्पर्धा थियो ।
विद्यालयका प्रअ व्यास महतो चैत ३१ गते सेवानिवृत्त भएपछि उनले निमित्त प्रअको जिम्मेवारी विनोद चौधरीलाई दिएका थिए । यस सम्बन्धमा विद्यालयका अर्का शिक्ष्ँक ओमप्रकाश रौनियारले वरिष्ठताको क्रममा आपूm ठूलो भन्दै दाबी गरेपछि विवाद बढेको हो । सोही कारण अहिलेसम्म यो विद्यालयका शिक्षकहरूले तलब पाउन सकेका छैनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख रौनियारले शिक्ष्ाँ मन्त्रालयबाट वरिष्ठताको प्रमाण माग गरिएको र त्यहाबाट ओमप्रकाश रौनियार विनोद चौधरीभन्दा वरिष्ठ घोषित भएर आएको कारण आपूmले निजलाई प्रअमा नियुक्त गर्न पत्राचार गरेको बताए ।
तर उपप्रमुख सलमा खातुनले मन्त्रालयबाट आएको पत्र सम्बन्धमा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने र सबैको सहमतिमा प्रअ तोकिनुपर्नेमा सो नगरी समितिलाई बाइपास गरिएको कारण आपूmहरूले विरोध गरेको प्रस्ट्याइन् । उनले मन्त्रालयले वरिष्ठता तोकेको व्यक्तिलाई प्रअ बनाउदा आपूmलाई कुनै आपत्ति नभएको भन्दै प्रक्रिया विपरीत काम गरिएकोले विरोध गर्नुपरेको बताइन् ।