वीरगंज, जेठ २०
वीरगंज वडानं. १४ पिप्रा निवासी गुरुदेव उपाध्याय र उनकी धर्मपत्नी पदमा पोखरेल उपाध्यायले बैवाहिक बर्षगाठ मानव सेवा आश्रममा मनाएका छन् । उपाध्याय दम्पतिले २५ औं बैवाहिक बर्षगाठ विहीवार वीरगंज रानिघाट स्थित मानव सेवा आश्रममा मनाएका हुन् ।

बैवाहिक बर्षगाठको अवसरमा उपाध्याय दम्पतिले आश्रमका आश्रीतहरूलाई आफैले पस्केर खाना ख्वाएका थिए । सो अवसरमा आश्रीत एवं आश्रमका सेवकहरूले उपाध्याय दम्पतिलाई आशिष बचनका साथ शुभकामना दिएका थिए ।अन्य तरिकाले बषैगाठ मनाउदा भन्दा मानव सेवा आश्रममा आश्रीतहरूका साथ बर्षगाठ मनाउदा अति नै खुशी लागेको गुरुदेब उपाध्ययले बताए । उनले बर्षगाठ, एवं जन्म दिन तथा अन्य पितृपर्वहरू समेत मानव सेवा आश्रममा नै मनाउन अरुलाई पनि आग्रह गर्दै यसतो अवसरका अव देखि आफ्नो पहिलो रोजाइमा सेवा मानव सेवा आश्रम नै रहने बताएका छन् ।

आश्रमका संयोजक सानु गुरु·ले सहजीकरण गरेको कार्यक्रममा आश्रमका सहसंयोजक मुन्ना लिम्बु र संचारकर्मी उर्मिला सापकोटाले सहयोग पुर्याएका थिए । सेवा आश्रममा असहाय, अशक्त, विकला· सहित विभिन्न उमेरका ४७ जना आश्रीत छन् । बर्तमान महामारीको अवस्थलाई मध्येनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर आफुहरु र साथमा एक जना बहिनी समेत तीन जना मात्रै आश्रममा पुगेको र बा“की आश्रमकै सदस्यहरू कार्यक्रममा सहभागि भएको पदमा पोखरेल उपाध्यायले बताइन् ।
