वीरगंज,कार्तिक २


बीरगंजमा रहेको नारायणी अस्पतालमा आधुनिक प्रकृतिको अक्सिजन प्लान्ट निर्माण गर्ने सहमति भएको छ । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद बिमल प्रसाद श्रीवास्तबको निबासमा भएको सर्वपक्षीय छलफलमा त्यस्तो सहमति भएको छ । प्लान्ट निर्माण पछि हरेक बेडमा पाइपको माध्यामले अक्सिजन पास हुने र आवश्यक समाप्त भएपछि आफै बन्द हुने प्रबिधी जडान हुन्े भएको छ । आफैं अक्सिजन उत्पादन र सप्लाइ हुने प्रबिधीको जडान सैगै यसभेगमा अन्यत्र बाट अख्सिजनको सिलिण्डर मगाएर सप्लाइ गर्ने पृुरानो परम्पराको अन्त्य हुनुका साथै बन्द र हडतालमा समेत सिलिण्डरको अभावमा रोगीहरु बच्ने अपेक्षा गरिएको छ । त्यसको लागि तत्काल आफ्नो संसदीय बिकास क्षेत्र कोषबाट सांसद श्रीवातस्तले २ करोड लगानी गर्ने र अपुग रकमको श्रोत बीरगंज महानगरापालिकाको प्रमुख बिजय कुमार सरावगीले जुटाउने सहमति भएको छ । कार्यक्रममा नगर प्रमुख सरावगी, नेपाली कांग्रेसका सभापति अजय द्धिबेदी, प्रदेश सभाका सदस्य भिमाकुमारी यादब, जसपाका अध्यक्ष रामनरेश यादब, अस्पताल बिकास समितीका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजय कुमार ठाकुर, नेपाल पत्रकारम महासंघका सभापति श्याम बन्जारा, स्थानीय समाजिक तथा राजनीतिक नेता महेश दास, चन्दन मिश्र संचारकर्मीहर संजिब मिश्र, आरोहण साह लगायतको सहभागिता रहेको थियो ।