वीरगन्ज , जेठ २०
भारतको जितना थानाक्षेत्र अन्तर्गत पर्ने बडौला गाउको एउटा घरमा प्रहरीले छापामारी मार्दा गाउलेहरूले प्रहरीलाई कुटपिट गरी लखेटेका छन् ।
बाराको पचरौता नगरपालिका सग जोडिएको भारतीय क्षेत्रको बडौलाको एक घरमा तस्करीबाट अवैध मदिराभण्डारण गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गर्दा महिला, पुरूषहरू मिलेर प्रहरीमाथि ढुड्डामुढा गरेका थिए ।
थोरै सङ्ख्यामा प्रहरी रहेको कारण गाउ“लेले प्रहरीलाई भगाउन सफल भए । घटना सम्बन्धमा प्रहरीले १० जनाविरूद्ध मुद्दा दर्ता गरेको छ ।