वीरगञ्ज, जेठ २०
पर्सा प्रहरीले पौने ११ लाख रुपैयाँ बराबरको मदिरा लोड गरी नेपालबाट भारत तर्फ गइरहेको अवस्थामा एउटा ट्रयाक्टर जफत गरेको छ ।ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट अवैध रूपमा भारत तर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी रक्सीसहित ट्रयाक्टर जफत गरेको हो ।बरामद गरिएको ट्रयाक्टर र रक्सीको मूल्याङ्कन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटाइएको प्रहरी टोलीले आज बिहान १ बजेको समयमा बञ्जारीबाट भारततर्फ गइरहेको प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टरलाई दशगाजा क्षेत्रमा रोकेर चेकजाच गर्दा मदिरा बरामद गरेको थियो । ट्रयाक्टर समातिए पनि चालक भने फरार हुन् सफल भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।जफत गरिएको रक्सी र ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको डिएसपी खनालले जानकारी दिए ।